प्रियधन पाण्डे, नवलपुर, ३ असार । नवलपरासी पूर्वको हुप्सेकोटका ४० घर परिवारको गुजारा चलाउने माध्यम, सालको पात बनेको छ । उनीहरूले हप्ताभरि पात टिपेर बजार पु¥याउँने गरेका छन् । तर काम जोखिमपूर्ण भएपनि कमाई भने सोचेजस्तो छैन ।
१५ दिन लगाएर टिपेको पातको मूल्य प्रतिमुठा एक सय ५० मात्रै पाउँदा दुख अनुसारको मोल नपाएको हुप्सेकोट ५ का खिसरा रानाले गुनासो गर्नुभयो ।
यातायातमा सहजता नहुँदा भारी बोकेर आउजाउ गर्न उनीहरूलाई मुस्किल हुने गरेको छ । हुप्सेकोट ५ को नाम्जाकोट पूर्वपश्चिम राजमार्गदेखि झन्डै २० किलोमिटर उत्तरमा पर्छ । बर्खाको समयमा सालको पात टिपेर जीविको चलाइरहेकाहरू यातायातको व्यवस्था भए सजिलो हुने बताउँछन् ।