Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

इच्छाकामना न्युज

३१, जेठ २०७९
केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव
images

खड्क सुनार, मुगु  ३१ जेठ । मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन । १ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले  अध्ययन, गाँस, बास, कपासमा आर्थिक सहयोग नगर्दा छोरीका पढाइमा समस्या आएको आमा छिचु लामाले जानकारी दिइन् । 

images
images

ओलीले अभिभावकत्व ग्रहण गरेपछि लामालाई ओलीको छोरी भनेर गाउँमा बोलाउन थालिए पनि उनको दैनिकीमा भने कुनै फेरबदल आएको छैन । अभिावकत्व ग्रहण गरेपछि अध्यक्ष ओलीले तीन पटक १० / १० हजार नगद र  एक पटक लत्ता कपडा मात्र सहयोग गरेको छिचुले बताइन् ।  

ठिल्लेसाङ्मु अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत छिन् । अध्ययनमा तीक्ष्ण रहे पनि आर्थिक समस्याले गर्दा ठिल्लेसाङ्मुलाई पठनपाठनमा कापी, कलम, डे«स अभाव रहेको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।  

उनलाई अध्ययनका लागि आवश्यक सामग्री र खर्च जुटाउन सक्ने पारिवारिक व्यक्ति नभएकाले अध्यक्ष ओलीले उनको अभिभावकत्व ग्रहण गरेका थिए । ठिल्लेसाङ्मुको बुबाको मृत्यु भइसकेको छ ।   

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - १६:२४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology