Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखा जिल्लामै पहिलो पटक एलाईन्स क्लव अफ गोरखा मनकामना गठन

गोरखा जिल्लामै पहिलो पटक एलाईन्स क्लव अफ गोरखा मनकामना गठन

महिला मात्रै सदस्य रहेको गण्डकी प्रदेशकै पहिलो एलाईन्स क्लव बन्यो

images

इच्छाकामना न्युज

२९, मंसिर २०७७
गोरखा जिल्लामै पहिलो पटक एलाईन्स क्लव अफ गोरखा मनकामना गठन
images

मनकामना, २९ मंसिर । गोरखा जिल्लामा पहिलो पटक एलाईन्स क्लव अफ गोरखा मनकामना गठन भएको छ। जिल्लाको शहिद लखन गाउँपालिका २ मनकामनामा आज एक कार्यक्रमको आयोजना गरि जिल्लामै पहिलो पटक एलाईन्स क्लव अफ गोरखा मनकामना गठन भएको घोषणा गरिएको हो। 
शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्लव गठन भएको घोषणा गरिएको थियो। नवगठित क्लवमा महिला मात्र सदस्य रहने गरी स्थानीय सकुन थापा मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ। 
क्लवको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा चलमाया राना, सचिवमा रोजिना श्रेष्ठ, कोषाध्यक्षमा सरस्वती पन्थ गैह्रे, सदस्यहरुमा जुना थापा, रेक्सोना थापा, टुकुमाया क्षेत्री, मिनमाया थापा, सेतीमाया गुरुङ, रुकमणी गुरुङ, सिर्जना परियार, भागीरथी श्रेष्ठ, ढकमाया राना, तुल कुमारी थापा र आश कुमारी गुरुङ रहेका छन्।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं क्लव गठनको लागि सहजिकरणको भुमिका निर्वाह गरेका रेखा तामाङ लोप्चनले एलाईन्स क्लवको बारे जानकारी दिएका थिए। तामाङले क्लवका बारे थप जानकारी दिदै एलाईन्स क्लव अन्तारष्ट्रिय क्लव रहेको र यसको ४० भन्दा बढि देशमा शाखा सञ्जाल रहेको बताए। यो क्लव सामाजिक कार्य गर्ने उद्देश्यका साथ २००८ सालमा स्थापना भएको उनले बताए। यस्तै महिला मात्रै सदस्य रहने गरी गण्डकी प्रदेशमा नै पहिलो पटक एलान्स क्लव अफ गोरखा मनकामना गठन गरिएको पनि तामाङले जानकारी दिए। 
शहिद लखन २ का वडासदस्य सकुन थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सरस्वती पन्त गैह्रेले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी प्रतिमा थापा मगरले गरेका थिए। 

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - १८:४३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology