Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नुवाकोटमा माइला वि.क. विद्युत पोलमा चढेको ६ घण्टा बित्यो, विद्युत प्रवाह बन्द, प्राधिकरणलाई ६० लाख घाटा

नुवाकोटमा माइला वि.क. विद्युत पोलमा चढेको ६ घण्टा बित्यो, विद्युत प्रवाह बन्द, प्राधिकरणलाई ६० लाख घाटा

images

इच्छाकामना न्युज

२८, जेठ २०७९
नुवाकोटमा माइला वि.क. विद्युत पोलमा चढेको ६ घण्टा बित्यो, विद्युत प्रवाह बन्द, प्राधिकरणलाई ६० लाख घाटा
images

नुवाकोट, २८ जेठ । नुवाकोटको ककनी त्रिशूली प्रसारण लाइन थ्री एको तारमा एक पुरूष पुगेको ६ घण्टा भन्दा धेरै भएको छ । बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका एक पुरुष बिहान करिब १० बजेदेखि प्रसारण लाइनको तारमा पुगेको हो ।

माइला प्रसारण लाइनको तारमा पुगेदेखि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गर्दा प्राधिकरणलाई ६० लाखको घाटा भएको छ ।

स्थानीयले उनलाई पोलमा चढेको देखेपछि करेन्ट लाग्न सक्ने डरले प्रहरी र विद्युत प्राधिकरणलाई गरिएको थियो। स्थानीयले खबर गरे लगतै विद्युत सेवा बन्द गरिएको छ ।

त्यस्तै स्थानीय मिलेर माइलालाई त्यहाँबाट तल झार्ने प्रयास गरिरहेका छन्। तर प्रयास अझै सफल भएको छैन। त्यस्तै उनको उद्धारको लागि थप प्रहरी परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।प्रहरीका अनुसार विकको मानसिक सन्तुलन ठिक नभएको कारण उसको उद्धारमा कठिनाइ भइरहेको छ ।

 

images
प्रकाशित मिति :जेठ २८, २०७९ शनिवार - १८:५१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology