Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

images

एजेन्सी

२८, जेठ २०७९
उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री
images

उत्तर कोरियाले दिग्गज कूटनीतिज्ञ चो सन–हुईलाई पहिलो महिला विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ । प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको र त्यस्ता परीक्षण रोक्ने अमेरिकी आह्वानलाई बेवास्ता गरिरहेका बेला पहिलो महिला विदेशमन्त्री नियुक्त गरेको हो । 

यसअघि उपविदेशमन्त्रीका रूपमा काम गरिसकेकी चोले नेता किम जोङ उनको निरीक्षणमा भएको सत्तारुढ दलको बैठकमा विदेश मन्त्रालयको नेतृत्व गर्ने अनुमान गरिएको थियो । उनले री सन ग्वनलाई विस्थापित गरेकी हुन् । पूर्वसैन्य अधिकारी ग्वन  एक कट्टर नेता हुन् । उनले दक्षिण कोरियासँग भएको वार्ताको नेतृत्व गरेका थिए । 

चो धाराप्रवाह अंग्रेजी बोल्छिन् । केही वर्षअघि उत्तर कोरियाको अमेरिकासँग आणविक वार्ताको क्रममा उनी किमको नजिकको सहयोगीको रूपमा थिइन् । उत्तर काेरियाली नेता किमले अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दा चो किमको कूटनीतिक सहयोगीको भूमिकामा थिइन् । 

सन् २०२९ को फेब्रुवरीमा हनोइमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको असफल वार्तापछि एउटा दुलर्भ पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । वार्ता बिफल हुनुमा अमेरिकालाई दोष लगाएकी थिइन् । ‘हाम्रो प्रस्ताव अस्वीकार गरेर उत्तर कोरियाले सुनौलो मौका गुमायो’, उनले त्यतिबेला भनेकी थिइन् ।

images
प्रकाशित मिति :जेठ २८, २०७९ शनिवार - १५:५७:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology