Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बालेन्द्र शाहलाई धुनीबेसीका मेयरको जवाफ : 'माग पुरा अनिमात्रै बन्चरेमा फोहोर'

बालेन्द्र शाहलाई धुनीबेसीका मेयरको जवाफ : 'माग पुरा अनिमात्रै बन्चरेमा फोहोर'

images

इच्छाकामना न्युज

२३, जेठ २०७९
बालेन्द्र शाहलाई धुनीबेसीका मेयरको जवाफ :  'माग पुरा अनिमात्रै बन्चरेमा फोहोर'
images

धादिङ, २३ जेठ । काठमाडौंको फोहोर व्यवस्थापानको लागि गृहकार्यमा जुटिरहेका मेयर बालेन्द्र शाहले धादिङको धुनीबेसीका जनप्रतिनीधिहरु सँग परामर्श गरेका गरेका छन् । शाहले छलफलमा बन्चरे ल्याण्डफिल्ड साइट संचालनमा सहजिकरण गरिदिन आग्रह गरेका थिए ।

धुनीबेसीमा मेयर बालकृष्ण आचार्यले बन्चरे डम्पिङ साइट नभएर बन्चरे ल्याण्डफिल्ड साइट भएको बताउदै यसको संरचना अनुसार काम काम सम्पन्न नभइ फोहोर राख्न नहुने जवाफ दिएको बताएका थिए ।

छलफलको क्रममा बालेन्द्र शाहले स्थानीयको मागमा आफु गम्भिर भएको र त्यसका लागि आफुलाई केहि समय दिन आग्रह गरेका थिए । उनले अल्पकालिन रुपमा बन्चरेमा आवश्यक संरचना तयार भएपछि फोहोर फाल्न दिन आग्रह गरेका थिए ।

छलफलमा प्रमुख आचार्य सहित उपप्रमुख सुरज उप्रेती, पुर्वउपमेयर निरु खरेल, वडा अध्यक्षहरु मान बहादुर तामाङ, प्रकाश हमाल लगायत सहभागी रहेका थिए ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०९:३१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology