Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

ट्राफिक प्रहरी सई भित्रिकोटीको असुली धन्दा ,फेललाई पास नै कमाल

ट्राफिक प्रहरी सई भित्रिकोटीको असुली धन्दा ,फेललाई पास नै कमाल

एसपी गौरब

२२, जेठ २०७९
ट्राफिक प्रहरी सई भित्रिकोटीको असुली धन्दा ,फेललाई पास नै कमाल

सर्लाही, २२ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरीमा कार्यरत सई कमिसन उठाउनमा व्यस्त रहेका छन् । काठमाण्डौँ दरबन्दी भएर पनि आफ्नो घर पाएक बर्दिवासमा काजमा बसेका सई होम बहादुर भित्रिकोटी सवारी चालक अनुमती पत्र बनाई दिने भन्दै कमिसन असुल्नमा व्यस्त रहेका हुन ।

images

यातायात व्यावस्था कार्यालय बर्दिवासले सञ्चालन गरेको सवारी चालक अनुमती पत्र(लाईसेन्स)को प्रयोगात्मक परिक्षामा सई भित्रिकोटी आफैँ जाने र फेल भएकाहरुलाई पनि सोही दिन पुनः प्रयोगात्मक परिक्षा गराई आर्थिक चलखेल गरि पास गराउने गरेका रहस्य बाहिरिएको छ ।

बैशाख १५ गते भएको मोटरसाईकल तथा स्कुटरको सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षामा फेल भएका ४ जनालाई सोही दिन पुनः प्रयोगात्मक परिक्षा गराएर पास गराएपछि सो रहस्य बाहिरिएको हो ।

प्रयोगात्मक परिक्षा स्थलमा खटिएका सई भित्रिकोटीले सि.नं. १६–८५५१८८८ आवेदन नम्बर भएका र सि.नं. ५७–८५५८२२४ आवेदन नम्बर भएका २ जनाका साथै अरु २ जनालाई पनि सोही दिन पुनः प्रयोगात्मक परिक्षामा सहभागी गराई पास गराएका छन् । उनले पहिला प्रयोगात्मक परिक्षामा फेल भएका उनिहरु दुवै जनाका साथै अरु २ जनालाई पनि सोही दिन पुनः प्रयोगात्मक परिक्षामा सहभागी गराएर पास गराएका पाइएको हो ।

पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास काजमा तथा दरबन्दी बनाएर आउने गरेका सई भित्रिकोटीको घर बर्दिवास मै रहेको छ । उनको हाल दरबन्दी काठमाण्डौँ भएपनि यातायात व्यावस्था कार्यालय बर्दिवासले सवारी चालक अनुमतीको परिक्षा सञ्चालन गर्न थालेदेखि उनि बर्दिवास मै काज मिलाएर बसेका छन् ।

यातायात व्यावस्था कार्यालय बर्दिवासका एक कर्माचारीलाई आफ्नै घरमा राखेका उनले सो क्षेत्रमा हुने सवारी चालक अनुमती पत्रका लिखित तथा प्रयोगात्मक परिक्षाहरुमा समेत अरुलाई जना नदिने,मोटरसाईकल देखि जेसिविहरुको समेत प्रयोगात्मक परिक्षामा आफैँ खटेर रु २० हजार देखि १ लाख सम्म हरेक सवारी साधनहरुबाट कमिसन असुल्ने गरेका प्रयोगात्मक परिक्षामा सहभागी भएका एक स्थानियले बताए ।

उनले आफु भन्दा माथिल्लो निकायका प्रमुखहरुलाई विभिन्न बाहना बनाई प्रलोभनमा समेत पारेर घर पाएक नै बसेका र यातायात व्यावस्था कार्यालयका कर्माचारीहरुसंग मिलेर कमिसन असुलेका अर्को प्रयोगात्मक परिक्षामा सहभागी भएका मानिसले बताए ।

सो विषयमा हामीले सई भित्रिकोटीलाई सोध्दा उनले पारिवारीक समस्याका कारण घर पाएकोबसेको बताए । साथै फेल भएकोभनि लेखिएको स्थानमा फेरी पास किन लेखियो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले प्रयोगात्मक परिक्षा स्थलमा धेरै मानिसहरुको भिडभाड हुने र सो समयमा केही तलमाथी हुन गएको भए सञ्चाउने बताए ।

यातायात व्यावस्था कार्यालय बर्दिवासको प्रयोगात्मक स्थलमा यातायात कार्यालयका नासु संजिव चौलागाई, मेकानिकल सुपरभाईजर पारस ठाकुर र ट्राफिक प्रहरी सई भित्रिकोटी खटिने र तीनै जनाको मिलेमतोमा फेल भएकाहरुलाई पनि आर्थिक चलखेल गरि सोही दिन पुनः प्रयोगात्मक परिक्षा गराई पास गराउने गरेका पाइएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथ्लैया मधेश प्रदेशमा प्रहरी उपरिक्षक श्याम कुमार महतो प्रमुख हुँदा उनको चरित्र बुझि घर पाएक बस्न नदिएको भएपनि प्रहरी उपरिक्षक महतोको सरुवा भए लगतै उनि फेरी विभिन्न बाहनामा घर पाएक नै पुगेका छन् ।

images
प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - २२:४०:४१ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology