Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

डडेल्धुरामा मेडिकल कलेज बन्नेमा स्थानीय आशावादी 

डडेल्धुरामा मेडिकल कलेज बन्नेमा स्थानीय आशावादी 

images

इच्छाकामना न्युज

२१, जेठ २०७९
डडेल्धुरामा मेडिकल कलेज बन्नेमा स्थानीय आशावादी 
images

भावना पौडेल, डडेल्धुरा, २१ जेठ ।  सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । डडेल्धुरा अस्पतालको स्तरउन्नती नै हुन नसकेको समयमा सरकारले गरेको यो घोषणा चुनावी नारा मात्रै हुन सक्ने भन्दै नागरिकले शंसय व्यक्त गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण र असम्भव देखिएको डडेल्धुरा अस्पतालका पूर्व अध्यक्ष लक्ष्मण सिंहले बताउनुभयो ।

नीति तथा कार्यक्रम र बजेटमा नै समेटिएको विषय कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्नेमा नागरिकहरूले जोड दिएका छन् । यसलाई चुनावी नारा र एजेण्डा मात्रै नबनाउन स्थानीय लक्ष्मिदत्त पनेरु बताउनुहुन्छ।

डडेलधुरा,प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएको र अन्य जिल्लाको बजेट र कार्यक्रम काटेर आफ्नो जिल्लामा लगेको भन्दै कतिपयले विरोध गरिरहेका छन् । डडेलधुराबासी यसबाट खुसी भएका छन् र यसलाई कार्यान्वयनमा ल्याउन दबाब दिनुपर्ने अभियानमा रहेका छन् ।

पाँच पटक प्रधानमन्त्री र पार्टीको शीर्ष नेतृत्व सम्हाल्दा गृह जिल्लाको लागि खासै ठूला कार्यक्रम नपार्नुभएका प्रधानमन्त्री देउवाले यसपटकको स्थानीय तहको निर्वाचन चुनौती महसुस गरेपछि जिल्लाको लागि कार्यक्रम राखेको कतिपयको विश्लेषण रहेको छ ।  

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०९:२३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology