Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जग्गा नहुँदा नेपालगञ्जका किङ्गरियन समुदायलाई शव व्यवस्थापनमा समस्या 

जग्गा नहुँदा नेपालगञ्जका किङ्गरियन समुदायलाई शव व्यवस्थापनमा समस्या 

images

सिआईएन

२१, जेठ २०७९
जग्गा नहुँदा नेपालगञ्जका किङ्गरियन समुदायलाई शव व्यवस्थापनमा समस्या 
images

निशु जोशी, नेपालगञ्ज, २१ जेठ ।  नेपालगन्ज उप–महानगरपालिकाको एउटा गाँउ, जहाँ मानिस मरेपछि अन्तिम संस्कार गर्ने ठाउँ पनि उपलब्ध छैन । मानिसको मृत्यु भएपछि शवलाई सडकमै गाड्नुपर्ने बाध्यता रहेको छ ।

नेपालगञ्ज बजारबाट ७ किलोमिटर पूर्व–दक्षिण दिशामा रहेको किङ्गरियनपुर्वा गाँउमा अन्तिम सस्कार गर्ने स्थल नहुँदा स्थानीयले शवलाई सडकमै गाड्ने गरेका छन् । नेपालगञ्ज २२ किङ्गरियनपुर्वाका जग्गुराम रैदासकि आमाको गत चैतमा मृत्यु भयो । अन्तिम संस्कार गर्ने अलग्गै स्थल छैन, जसका कारण उहाँले आमाको शव भर्खर ग्राभेल गर्दै गरेको सडकमै गाड्नुभयो ।

निर्वाचनको समयमा यो गाउँको लागि एउटा अन्तिम संस्कार गर्ने थलो निर्माण गरिदिने आश्वासन आउने गरेको छ । तर, त्यो स्थान अहिलेसम्म बनेन । आशाराम रैदासले पनि हजुरवाको आमादेखि, जन्मदिने आमा, बुबा, छोरा, भाइ, बु्हारी लगायतको शव सडकमा नै गाड्नुभएको छ ।

यो वडामा रैदास, किङ्गरियनजस्ता लोपोन्मुख समुदायको बसोबास रहेको छ । उनीहरूमध्य धेरै हिन्दु धर्मावलम्बी छन्, केही मुस्लिम समुदायका पनि रहेका छन् । तर, उनीहरूसँग आआफ्ना रिवाज अनुसार शवको अन्तिम संस्कार गर्नको लागि ठाउँ समेत छैन । यहाँका अधिकांश नागरिक इट्टा भटमा काम गर्छन् । केही बेरोजगार छन् । कमाइ नभएकाले गाडीमा हालेर टाढा रहेको घाटसम्म लैजान र दाउरा किन्न उनीहरूलाई सम्भव छैन । जसका कारण बस्तीमा कसैको मृत्यु भएपछि शव सडकमा नै गाड्नुको विकल्प हुँदैन ।

यो विषय उनीहरूले गत निर्वाचनको समयमा पनि उठाएका थिए । नागरिकले उठाएको मागलाई उपमहानगरपालिकाले सुरक्षित तरिकाले शव व्यवस्थापन गर्ने भएको छ ।उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राइनले उचित स्थानको खोजी गरेर ती समुदायका नागरिकको यो समस्यालाई समाधान गरिने र त्यसको लागि काम तत्कालै सुरु हुने बताउनुभयो ।

साविकको पूरैनी गाविसको रुपमा परिचित नगरसँंग जोडिएको किङ्गरियनपुर्वा गाउँले विगत ६ वर्षदेखि उपमहानगरपालिका भित्रको वडाका रुपमा कानूनी मान्यता पाएको छ । यो बस्तीका लगभग ३ सय परिवार मृत्युपछिको संस्कार गर्नको लागि उपयुक्त स्थलको व्यस्था हुने पखाईमा रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०९:२०:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology