मकवानपुर, २० जेठ । सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामाआज बिएफसी चितवन र चर्च ब्वाइज क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे हेटौंडामा रहेको पिपल रङ्गशालामा हुनेछ ।
आजको विजेताले क्याम्रुनको एभिनिर एफसीसँग क्वाटरफाइनलमा खेल्नेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा नव जनजागृति युथ क्लब सिमराले बागमती युथ क्लबलाई २-० गोल अन्तरले हराएको थियो ।प्रतियोगिताको विजेताले १५ लाख रूपैयाँ पुरस्कार जित्नेछ ।