Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लागु औषध नियन्त्रण गर्न प्रहरीको सक्रियता बढ्दै 

लागु औषध नियन्त्रण गर्न प्रहरीको सक्रियता बढ्दै 

images

इच्छाकामना न्युज

२०, जेठ २०७९
लागु औषध नियन्त्रण गर्न प्रहरीको सक्रियता बढ्दै 
images

ओम प्रकाश पाण्डेय, कञ्चनपुर, २० जेठ । कञ्चनपुर र कैलालीमा लागु औषध नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय लागु औषध सेवन गर्नेहरूको संख्या बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको हो ।

भारतसँग खुला सीमा नाका भएका यी जिल्लाहरूमा पछिल्लो समय लागु पदार्थको सेवन र कारोबार गर्नेहरूको सङ्ख्या बढ्दै जान थालेपछि प्रहरीले सक्रियता बढाएको हो । कञ्चनपुर प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा लागु पदार्थको सेवन तथा कारोबारमा संलग्न दुई सय ३० जना प्रक्राउ परेका छन् । चालु आर्थिक वर्षको हालसम्म लागु पदार्थको सेवन तथा कारोबारमा संलग्न एक सय ९८ जना पक्राउ परेका छन् ।

सीमा नाकामा जाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले बताउनुभयो । कैलालीमा पनि लागु औषधको कारोबार घटाउन प्रहरीले सक्रियता बढाएको छ । कैलालीमा चालु आर्थिक वर्षमा लागु औषधमा संलग्न एक सय ३९ जना विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद जोशीले बताउनुभयो ।

लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार गाजा, अफिम लगाएत अन्य निषेधित कार्य गर्ने, गराउने व्यक्तिलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुन्छ । कसुर हेरिकन यसको सजायँ थप बढ्न सक्छ ।

लागु औषध नियन्त्रणको लागि घर, समाज र सरकार सबै लाग्नुपर्ने इन्सेक सुदुरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताउनुभयो ।

खुला सीमाना, छिट्टै धेरै पैसा कमाउने चाहना तथा घर परिवारको बेवास्ता लगायतका कारणले पछिल्लो समय लागु पदार्थको सेवन तथा कारोबार गर्नेहरूको सङ्ख्या बढी रहेको छ । यसको नियन्त्रण र यस विरुद्धमा सचेतना जगाउन विभिन्न तहमा अभियानहरू चलिरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - ०९:१८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology