Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–पोखरा सडक विस्तारका लागि जेठ २२ गतेदेखि दैनिक ५ घण्टा बन्द हुने

मुग्लिन–पोखरा सडक विस्तारका लागि जेठ २२ गतेदेखि दैनिक ५ घण्टा बन्द हुने

इच्छाकामना न्युज

१९, जेठ २०७९
मुग्लिन–पोखरा सडक विस्तारका लागि जेठ २२ गतेदेखि दैनिक ५ घण्टा बन्द हुने
images

तनहुँ ,१९ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

images
images

आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजनाले जनाएको छ ।

सो समय अगाडी वा पछाडि मात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधा प्रति सडक योजना क्षमाप्रार्थी रहेको बताइएको छ ।

283969750_1958805260976690_7550208292148864769_n.jpg

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २३:०९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology