Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतीय कारले मोटरसाइकललाई ठक्कर दिदाँ चितवन खैरहनीका विश्वास गुरुङको मृत्यु

भारतीय कारले मोटरसाइकललाई ठक्कर दिदाँ चितवन खैरहनीका विश्वास गुरुङको मृत्यु

images

इच्छाकामना न्युज

१९, जेठ २०७९
भारतीय कारले मोटरसाइकललाई ठक्कर दिदाँ चितवन खैरहनीका विश्वास गुरुङको मृत्यु
images

चितवन, १९ जेठ ।  खैरहनीमा भारतीय कारले ठक्कर दिँदा युवकको मृत्यु भएको छ। कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको हो।

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

कार चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - ०९:२२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology