पोखरा, १७ जेठ । पोखरा विमानस्थलमा हवाइजहाजमा तेल भर्न जाँदै गर्दाट्याङ्कर पल्टिएपछि उडान अवतरण अवरुद्ध भएको छ । अहिले पल्टेको ट्याङ्कर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो ।
विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । ट्याङ्कर पल्टिएपछि पोखरामा हुने बिहानका उडानहरू अवरुद्ध भएको र उडान सुरु हुन करिव एक घण्टा लाग्ने पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।