शिशाघाट, २६ मंसिर
हेल्भटास नेपाल र विश्व वैकको संयुक्त आयोजनामा व्यास नगरपालिका वडा नं ६, को शिशाघाट वजारमा स्थानिय वासिन्दालाई सामुदायिक पशुपालन तालिम संचालन गरेको छ । स्थानिय समुदायलाई सामुदायिक पशुपालनमा लाग्न प्रेरित गर्ने अभिप्राय स्वरुप हेल्भटास नेपालले विश्व वैक सँग सहकार्यमा ३ महिने तालिम संचालन गरिएको हो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्र्तगत तालिम संचालन गरिएको प्रशिक्षक कुमोद पण्डितले जानकारी दिनुभयो । व्यवसायिक कृषि सँगै पशुपालन गरेमा आर्थिक रुपमा समेत सवल वन्न सकिने हुदाँ यस सम्वन्धि तालिम दिईएको प्रशिक्षक पण्डितले वताए ।
१६ जना महिला र ४ पुरुष गरि जम्मा २० जनालाई सामुदायिक पशुपालन तालिम दिईएको छ । प्रयोगात्मक र सैद्धान्तिक गरि दुई विधामा तालिम दिईएको हो । तालिममा सहभागीहरुलाई खाजा र आवश्यक समाग्री समेतको व्यवस्था गरिएको छ । तालिममा गाई, भैसी, भेडा, वाख्रा, कुखुरा, सँगसँगै सामुदायिक विकासको वारेमा प्रशिक्षण दिईएको तालिममा सहभागी मैना थापाले वताईन् । तालिम पाश्चात सामुदायिक कार्यक्रम अन्र्तगत विभिन्न पशुपालन गरेर आत्मनिर्भर वन्र्ने सहभागीले वताए ।