Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

श्रीमानले कुटपिट गरि पाठेघर निकालिदिएका कारण गम्भिर घाईते माझीको मृत्यु

श्रीमानले कुटपिट गरि पाठेघर निकालिदिएका कारण गम्भिर घाईते माझीको मृत्यु

इच्छाकामना न्युज

१७, जेठ २०७९
श्रीमानले कुटपिट गरि पाठेघर निकालिदिएका कारण गम्भिर घाईते माझीको मृत्यु

चितवन, १७ जेठ । खैरहनी–१० मुसहर बस्तीकी गीता माझीको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

images

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्या कारण मृत्यु भएको हो। यो समस्या प्रति एक लाखमध्ये दुई जनामा देखिने समस्या हो।

श्रीमान रामचन्द्र माझीले गुप्ताङ्गमा लौरो छिराएर घाइते बनाएपछि गीता बिहीबार भरतपुर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकका अनुसार गीताको गुप्तङ्गमा लौरो छिराइदिएपछि यौनाङ्ग नै च्यातिएको थियो।

श्रीमान रामचन्द्र भने चितवन प्रहरीको नियन्त्रणमा छन्।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०७:३२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology