चितवन, १५ जेठ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले १५ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले हिमाल बचाउ नदि जोगाउ अभियान , लागु औषध/ मदिरा दुर्ब्यसन विरुद्ध अभियान ,युद्ध निषेध शान्ति विशेष अभियानका साथ नारायणगढ बजारमा पम्प्लेट /प्रचा बितरण गर्दै बेलुका भरतपुर चितवनको चौबीस कोठिमा दीप प्रज्वलन गरेको थियो ।
कार्यक्रममा मानव अधिकार सरोकार केन्द्रका बिश्वा ओझा काहु राष्ट्रका केन्द्रिय सचीव बिनोद खण्ड तिम्मल्सिना चितवन शाखा सभापति शम्भु राउतले मन्तब्य राख्नु भएको थियो कार्यक्रममा कोषध्यक्ष भवानी अधिकरी, सदस्य पुर्ण चन्द्र चापागाईं, जीवन के सि, रितु न्योपाने, तारा पौडेल, बाल गोपाल श्रेष्ठ, सुप्रिया सापकोटा, खेम राज अधिकारी, दधिराम चापागाईं, शिब राम अधिकारी, किरण राउत, लक्ष्मण जि सि, सिर्जना डल्लाकोटि, नारायण खतिवडा लागायतको उपस्थित थियो भने कार्यक्रम सचीव दयानिधी अर्यालले सन्चालन गर्नु भएको थियो।