Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए

साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए

images

इच्छाकामना न्युज

१५, जेठ २०७९
साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए
images

मोहन जोशी, धनगढी, १५ जेठ । धनगढी–३ स्थित मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक नदीमा डुबेपछि उनलाई बचाउन जाँदा अर्का बालकको पनि मृत्यु भएको हाे ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ विशालनगरका १० बर्षीय अनुप चौधरी र सोही ठाउँका १२ बर्षीय विष्णु गुप्ता मोहना नदीमा नुहाउन गएका थिए ।  सुरुमा १० बर्षीय बालक अनुप चौधरी डुबेका थिए ।

गहिरो खोचमा अनुप डुबेपछि सँगैरहेका विष्णु अनुपलाई बचाउन खोचमा हाम फालेका थिए । तर, साथीलाई बचाउँछु भनेर नदीमा हाम फालेका विष्णु आफै अस्ताए ।

‘प्रत्यक्षदर्शीका अनुसार साथी डुबेको देखेपछि विष्णुले हतारमा तलाउ जस्तो भएको नदीको खोचमा हाम फालेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षाक वेदप्रकाश जोशीले भने, ‘उनी आफै पनि तालबाट उम्कन सकेनन् ।’

नदीमा पौडी खेल्न गएकामध्ये अनुप चौधरी तार जालीमा फसेको पाइएको प्रहरीले जनाएको छ । ‘१० बर्षीय बालक अनुपको खुट्टा तार जालीमा अड्केपछि उनी बाहिर निस्कन नसकेको देखिन्छ,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘बचाउन गएका विष्णु गुप्तालाई अनुपले च्यापेका कारण बाहिर निस्कन नसकेर मृत्यु भएको हुनसक्छ ।’

मृत्यु भएका दुवै बालकलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको थियो । मृतक मध्ये अनुप धनगढी उपमहानगरपालिका–३ विशालनगर बस्ने अशोक चौधरीको छोरा हुन् भने १२ वर्षीय राजेश गुप्ताका विशालनगरकै बिष्णु गुप्ताका छोरा हुन् । उनीहरूको दिउँसो साढे १ बजे उद्धार गरिएको थियो । दुवै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाेष्टमार्टन भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १७:३६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology