Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विमान बेपत्ता अपडेटः लेते क्षेत्रमा २ पटक घुमेको थियो

विमान बेपत्ता अपडेटः लेते क्षेत्रमा २ पटक घुमेको थियो

images

इच्छाकामना न्युज

१५, जेठ २०७९
विमान बेपत्ता अपडेटः लेते क्षेत्रमा २ पटक घुमेको थियो
images

पोखरा, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए ।

‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’

अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए । साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । 

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १२:२७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology