Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता

images

इच्छाकामना न्युज

१४, जेठ २०७९
घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता
images

लमजुङ, १४ जेठ । मध्यनेपाल नगरपालिका वडा नम्वर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरघरमै पुराउने प्रतिवद्धता जनाएका हुन् ।

वडा अध्यक्ष भण्डारीले एक विज्ञप्ति जारी गर्दै सरकारले जेष्ठ नागरिक, एकल महिला एवं अपांगता भएका व्यक्तिलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने उल्लेख गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुँदै आएकोमा नगरपालिका र सम्वन्धित बैकसँग समन्वय गरी गाउँमै शिविर आयोजना गर्ने र अशक्त असाह्यहरुका लागि घरमै पुराउने व्यवस्था गर्ने उनले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणबाहेक वडा अध्यक्ष भण्डारीले अबको कार्यकालमा स्थानीयबासीको चाहाना र आवश्यकताबमोजिम राजनैतिक, सामाजिक र आर्थिक उपलव्धीलाई संस्थागन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - १०:१५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology