तोलाकान्त बगाले, स्याङ्जा, १३ जेठ । स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाईडिङ सिक्नेक्रममा खसेर एक जना घाईते हुनभएको छ ।
शुक्रबार दिउसो साढे १२ बजेको समयमा स्याङ्जाको भीरकोट नगरपालिका ८ स्वरेक मैदानमा प्याराग्लाईडिङ सिक्नेक्रममा खस्दा सोही ठाउँ बस्ने १९ वर्षका लक्ष्मी अर्याल घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
प्याराग्लाईडिङबाट खसेका अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाईतेलाई हेलिकोप्टरमार्फत थप उपचारकालागि मेट्रोसिटी अस्पताल पोखरा पठाईएको छ । अर्यालको अवस्था मध्यम रहेको छ ।