Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने 

बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने 

इच्छाकामना न्युज

१३, जेठ २०७९
बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने 
images

जीवन कैला, कोल्टी बाजुरा, १३ जेठ । बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले पे्रश विज्ञप्ती जारी गर्दै चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन रद्दगरि पुनः निर्वाचन गर्ने निर्णय गरेको जनाएको छ ।

images
images

आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सुरक्षा व्यवस्थामा लापरवाहीगरि निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षता माथि आँच आउने काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझा र सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टलाई तीन दिन भित्र हटाई सो पदमा अन्य जिम्मेवार व्यक्तिलाई खटाएर स्थानीय तह निर्वाचनको प्रक्रिया अगाडी बढाउन आयोगले निर्देशन दिएको हो ।

साथै उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारवाही गर्न पनि भनेको छ । उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारवाही गरी आयोगलाई जानकारी दिन भनिएको छ ।  

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - ०९:००:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology