Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भरतपुर महानगरको सिफारिस बिना कुनै पनि सार्वजनिक सवारीसाधन चलाउन नपाइने

भरतपुर महानगरको सिफारिस बिना कुनै पनि सार्वजनिक सवारीसाधन चलाउन नपाइने

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
भरतपुर महानगरको सिफारिस बिना कुनै पनि सार्वजनिक सवारीसाधन चलाउन नपाइने
images

चितवन, १२ जेठ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले भरतपुर महानगरमा चल्ने साना सार्वजनिक सवारी दर्ताको लागि स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।

मन्त्रालयले भरतपुर महानगरपालिका रुट लिइ चल्न चाहने चार र तीन पाङग्रे साना सार्वजनिक सवारी साधनको दर्ता सम्बन्धित स्थानीय तहको सिफारिसमा मात्र गर्नको लागि यातायात सेवा कार्यालय चितवन र मकवानपुरलाइ आदेश दिएको हो । अब भरतपुर महानगरपालिकाको सिफारिस बिना कुनै पनि नयाँ सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ ।

जेठ ३ गतेको वाग्मती प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार भरतपुर महानगरपालिकाबाट साना चारपाङग्रे म्याजिक भ्यान तथा तीन पाङग्रे अटो रिक्सा सार्वजनिक साधनहरुको चापको कारण सवारीलाई व्यवस्थित गर्न सो निर्णय गरिएको हो ।

आफूहरुले धेरै समयअगाडिदेखि पटकपटक अनुरोध गरे अनुसार निर्णय भएको त्रिदेव यातायात प्रालिका अध्यक्ष वीरेन्द्र लामिछानेले जानकारी दिए । यस निर्णयबाट नयाँ सवारी जथाभावी सञ्चालन गर्ने कार्यमा नियन्त्रण हुने र बजारमा ट्राफिक जाम कम हुने व्यवसायीको आशा छ ।

 

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १८:५१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology