रोयल च्यालेन्जर्स बैङ्लोर इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । राति भएको एलिमिनेटर खेलमा लखनउ सुपर जाइन्टलाई १४ रनले हराउँदै बैङ्लोर क्वालिफायरमा पुगेको हो ।
हारसँगै लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनायो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । अब बैङ्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग भोलि खेल्नेछ ।
भोलिको खेलबाट एउटा टोली फाइनल पुग्नेछ । उसले फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । फाइनलखेल आइतबार अहमदाबादमा हुनेछ ।