काठमाण्डौ, ११ जेठ । नेपाली टोली एएफसी एसियन कप छनोट खेलको थप तयारीका लागि आज कतार प्रस्थान गर्दैछ । टोली जेठ २५ गतेदेखि ३१ गते सम्म कुवेतमा हुने एसियन कप छनोट खेलेर स्वदेश फर्कनेछ ।
एसियन कप छनोटमा नेपाली टोलीले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र इन्डोनेसियासँग जेठ ३१ गते प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।
कुवेतमा हुने एएफसी एसियन कप छनोट खेलको कप्तानी नवयुग श्रेष्ठले गर्नुहुनेछ ।