Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आज तीनवटा संसदीय समितिको बैठक बस्दै 

आज तीनवटा संसदीय समितिको बैठक बस्दै 

images

इच्छाकामना न्युज

११, जेठ २०७९
आज तीनवटा संसदीय समितिको बैठक बस्दै 
images

काठमाण्डौ, ११ जेठ । प्रतिनिधि सभा मातहतका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । बिहान १० बजे सिंहदरवारमा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्नेछ । बैठकमा विद्यार्थीले पाठ्यपुस्तक समयमा नपाएको समस्या र समाधानका लागि चालिएका कदमको बारेमा छलफल गरी आवश्यक निर्देशन दिइने समितिका सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

विकास तथा प्रविधि समितिको बैठक पनि आज बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरवारमा बस्दैछ । बजेट अधिवेशन सुरु भएपछिको समितिको बैठक आगामी दिनमा कसरी अघि बढाउने भन्ने बारेमा त्यहाँ छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक समितिको बैठकमा भने समितिको वार्षिक प्रतिवेदनको बारेमा छलफल हुने समिति सदस्य लक्ष्मी परियारले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०९:१८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology