Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हाम्रै नेपालमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बिच विवाह हुदै

हाम्रै नेपालमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बिच विवाह हुदै

इच्छाकामना न्युज

२५, मंसिर २०७७
हाम्रै नेपालमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बिच विवाह हुदै
images

कास्की, २५ मंसिर । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदैछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुँदैछ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ बीच विवाह हुन लागेको हो । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम रहेको छ । सो विवाहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम छ । मुख्यमन्त्री गुरुङलाई बुधबार भेटेर गाउँपालिका अध्यक्ष कर्णबहादुर र उपाध्यक्ष शर्मिलाले निम्ता गरेका छन् । आफूहरुबीच शुक्रबार विवाहको टुंगो भएको अध्यक्ष कर्णबहादुरले नागरिकखबरलाई बताए । ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो’ उनले भने, ‘परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’ कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । अध्यक्ष कर्णबहादुरले भने राजनीति र सामाजिक सेवाका कामले विवाह गर्न नभ्याएको प्रतिक्रिया दिँदै आएका थिए । नागरिक खबरबाट

images
images

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १४:०२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology