Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेटमा पन्जाव किङग्स विजयी, सनराइजर्स हैदरावाद पाँच विकेटले पराजित 

आईपीएल क्रिकेटमा पन्जाव किङग्स विजयी, सनराइजर्स हैदरावाद पाँच विकेटले पराजित 

images

एजेन्सी

९, जेठ २०७९
आईपीएल क्रिकेटमा पन्जाव किङग्स विजयी, सनराइजर्स हैदरावाद पाँच विकेटले पराजित 
images

पन्जाब किङ्ग्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को लिगको अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

लिगको प्लेअफमा गुजरात टाइटन्स, राजस्थान रोयल्यस, लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोर पुगेका छन् । पहिलो क्वालिफायरमा भोलि शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । भने पर्सी बुधबार एलिमिनेटरमा बेंगलोर र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरको विजेता टोली सोझै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । आइपिएलको दोस्रो क्वालिफायर २७ मे र फाइनल २९ मे मा अहमदाबादमा हुनेछ ।

 

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - ०९:३१:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology