Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

बलात्कार लगायतका घटनामा हदम्यादको ब्यवस्था हटाउन महिला सांसदहरूको माग 

बलात्कार लगायतका घटनामा हदम्यादको ब्यवस्था हटाउन महिला सांसदहरूको माग 

images
बलात्कार लगायतका घटनामा हदम्यादको ब्यवस्था हटाउन महिला सांसदहरूको माग 
images

काठमाण्डौ, ९ जेठ । महिला सांसदहरूले नाबालिकाहरुमाथि हुने बलात्कार लगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको महिला समितिको हिजो बसेको अनौपचारिक छलफलमा नेकपा एमालेका सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सांसद अमृता थापा मगर लगायतका सांसदहरूले नावालिकाहरू माथि हुने बलात्कार लगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन् । 

यसैबीच सुन्दरी प्रतियोगिताका आयोजकबाट भएको यौन शोषणको घटनाका दोषीलाई कारवाहीको माग चलिरहेका बेला सोही प्रकृतीको अर्को घटनापनि सार्वजनिक भएको छ । एक युवतीले १५ वर्षको उमेरमा आफूमाथि सात वर्षअघि विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेकि छन् । 

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - ०९:१७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology