Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तुलसीपुर अपडेट : मेयर र उपमेयरमा एमालेले मतान्तर बढाउँदै 

तुलसीपुर अपडेट : मेयर र उपमेयरमा एमालेले मतान्तर बढाउँदै 

images
तुलसीपुर अपडेट : मेयर र उपमेयरमा एमालेले मतान्तर बढाउँदै 
images

दाङ, ८ जेठ । तुलसीपुर उपमहानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेले मतान्तर बढाउँदै लगेको छ ।  ३४ हजार १ सय ४९ मत गणना हुँदा मेयरमा नेकपा एमालेका टिकाराम खड्काले ६१२ मतले अग्रता लिनुभएको छ । उहाले १४ हजार ५६१ मत प्राप्त गर्दा कांग्रेसका गेहेन्द्र गिरीले १३ हजार ९ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा पनि नेकपा एमालेका स्यानी चौधरीले १३ हजार ७ सय ३३ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणामगरले १० हजार ५ सय ४५ मत प्राप्त गर्नुभएको छ । चौधरीले ३ हजार १ सय ८८ मतका साथ अग्रता लिनुभएको छ । उपमेयरमा स्वतन्त्र उमेदवार खेमराज वलीले १३ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

तुलसीपुरमा अहिलेसम्मको मतपरिणाम अनुसार वडा नम्बर १ देखि ९ नम्बर वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अहिले वडा नम्बर १० र ११ को मतगणना चलिरहेको छ ।

मत गणना सकिएका वडामध्ये ४ वटा वडामा नेकपा एमालले जित हात पारेको छ ।वडा नम्बर २, ३, ६ र ८ मा नेकपा एमालेले जित हात पारेको छ । नेपाली कांग्रेसले अहिलेसम्म तीन वटा वडामा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर ५, ७ र ९ मा जित निकालेको छ ।

यस्तै दुई वटामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । वडा नम्बर १ र ४ मा माओवादी केन्द्रले जित हात पारेको छ । मत गणना चलिरहेका वडामध्ये १० र ११ मा नेकपा एमालेले अग्रता लिएको छ ।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०९:३४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology