Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

मतपेटिका ल्याउने क्रममा आँबुखैरेनीको सत्रसयमा काँग्रेस र माओवादी कार्यकर्ता बिच झडप, ५ राउण्ड गोली चल्यो 

मतपेटिका ल्याउने क्रममा आँबुखैरेनीको सत्रसयमा काँग्रेस र माओवादी कार्यकर्ता बिच झडप, ५ राउण्ड गोली चल्यो 

झडपमा परि ८ जना स्थानीय र १ जना म्यादी प्रहरी घाईते

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
मतपेटिका ल्याउने क्रममा आँबुखैरेनीको सत्रसयमा काँग्रेस र माओवादी कार्यकर्ता बिच झडप, ५ राउण्ड गोली चल्यो 
images

आँबुखैरेनी, ३० वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएको छ। मतदान सकेर सिल गरि मतगणना स्थलतर्फ मतपेटिका ल्याउने क्रममा साँझ करिब सवा ६ बजेतिर दुई पक्षबिच मतदान केन्द्र भन्दा बाहिर झडप भएको हो।

झडपकै क्रममा प्रहरी माथि पनि ढुङ्गामुढा हुन थालेपछि मतपेटिका सुरक्षाका लागि प्रहरीले ५ राउण्ड हवाईफायर गर्नुपरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी जानकारी दिएको छ। 

प्रहरीका अनुसार झडपमा परि ८ जना स्थानीय घाईते भएका छन् भने १ जना म्यादी प्रहरी पनि सामान्य घाईते भएका छन्।

यद्यपी दुई पक्ष बिच झडप भएपनि प्रहरीले मतपेटिका सुरक्षित साथ मतगणनास्थलमा ल्याईसकेको बताए।

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - २१:२८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology