Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा मतदान शान्तिपूर्ण, कुल ६८ प्रतिशत मत खस्यो

आँबुखैरेनीमा मतदान शान्तिपूर्ण, कुल ६८ प्रतिशत मत खस्यो

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
आँबुखैरेनीमा मतदान शान्तिपूर्ण, कुल ६८ प्रतिशत मत खस्यो
images

आँबुखैरेनी, ३० वैशाख । स्थानीय तह निर्वाचन अन्तरर्गत आज भएको मतदान प्रक्रिया तनहुँको आँबुखैरेनी गाउँपालिकामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आँबुखैरेनीमा कुनैपनि अप्रिय घटना नभै मतदान सम्पन्न भएको हो।

आज सम्पन्न मतदानमा आँबुखैरेनीमा ६८ प्रतिशत मत खसेको देखिएको छ। निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले दिएको जानकारी अनुसार कुल १३ हजार ६ सय ३१ मतदाता  रहेको आँबुखैरेनीमा ९ हजार २ सय ८२ मत खसेको छ । जस अनुसार मित्रता मावि केन्द्रमा ९ सय ८९ महिला र ८ सय ४९ पुरुष गरी १ हजार ८ सय ३८ मत खसेको छ भने रामशाह मावि केन्द्रमा १ हजार ३ सय ३८ महिला र १ हजार २ सय १५ पुरुष गरि २ हजार ५ सय ५३ मत खसेको छ ।

यस्तै अकला आधारभुत विद्यालय केन्द्रमा ५ सय ८८ महिला र ४ सय ७७ पुरुष गरि १ हजार ६५, जम्मादेवी आधारभुत विद्यालय केन्द्रमा ४ सय ८९ महिला र ५ सय ३७ पुरुष गरी १ हजार २६, अन्नपूर्ण आधारभुत विद्यालय केन्द्रमा ३ सय ७१ महिला र ३ सय ३६ पुरुष गरी ७ हजार ७, इन्द्रदेवी आधारभुत विद्यालय केन्द्रमा ४ सय ६९ महिला र ४ सय ९० पुरुष गरी ९ सय ५९, लक्ष्मी मावि केन्द्रमा २ सय ३४ महिला र २ सय ४१ पुरुष गरी ४ हजार ७५ का साथै हिलेखर्क मतदान केन्द्रमा ३ सय ३७ महिला र ३ सय २१ पुरुष गरी ६ सय ५८ मत खसेको छ। 

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - १८:३६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology