इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमाआज चेन्नई सुपर किङ्स र मुम्बइ इन्डियन्स खेल्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । लिग तालिकामा ८ अंकसहित चेन्नई पुछारबाट दोस्रो स्थानमा छ भने ४ अंकमात्र जोडेको मुम्बई पुछारमा छ ।
राति भएको खेलमा भने दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेटको क्षतिमा भेट्टायो । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।