Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ, चुनाव नसकिँदासम्म प्रहरी नियन्त्रणमा रहने

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ, चुनाव नसकिँदासम्म प्रहरी नियन्त्रणमा रहने

इच्छाकामना न्युज

२९, बैशाख २०७९
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ,  चुनाव नसकिँदासम्म प्रहरी नियन्त्रणमा रहने
images

दाङ, २९ वैशाख । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले निगरानीमा राखेको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण गराउने सवालमा बास्तोलासँग सोधपुछ भइरहेको जानकारी दिए।

images
images

‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छैनौं र प्रहरीले छोडेको पनि छैन,’ काफ्लेले भने ‘ उहाँहरूको निर्वाचन बहिष्कार अभियान रहेछ, बुटवलमा हिजो मात्रै बम बिस्फोट भएको छ। त्यसैले हामीले सोधपुछ गरेका हौं र निरन्तर निगरानीमा राख्नेछौं।’

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरीले बिहीबार बिहान ४ बजे सोधपुछका लागि भन्दै दाङको भालुवाङमै रोकेको थियो। प्रहरीका अनुसार अहिले पनि उनी प्रहरी निगरानीमै छन्। प्रहरी स्रोतका अनुसार बास्तोला सुर्खेततर्फ जाँदै थिए।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०८:३१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology