Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

निर्वाचनको २ दिन अघि नै भरतपुर आए प्रचण्ड, रेनु निवासमा सरकारी तथा निजी गाडीको लावालस्कर

निर्वाचनको २ दिन अघि नै भरतपुर आए प्रचण्ड, रेनु निवासमा सरकारी तथा निजी गाडीको लावालस्कर

इच्छाकामना न्युज

२८, बैशाख २०७९
निर्वाचनको २ दिन अघि नै भरतपुर आए प्रचण्ड, रेनु निवासमा सरकारी तथा निजी गाडीको लावालस्कर

चितवन, २८ बैशाख । सत्ता गठवन्धनका लागि प्रतिष्ठाको विषय बनेको भरतपुर महानगरपालिकाको निर्वाचन व्यवस्थापकिय पाटो मिलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन हुनभन्दा दुई दिन अगाडि नै भरतपुर आएका छन् ।

images

दाहाल सडक मार्ग हुँदै दिउँसो ४ बजेतिर भरतपुर आएका हुन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छोरी रेनु दाहालको भरतपुर १० स्थित निवासमा बसेका दाहालसँग भरतपुर आए लगत्तै विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका छन् । दाहाल आएपछि रेनुको निवास अगाडि सरकारी तथा नीजि सवारी साधनको निकै लामो लाइन लागेको छ । उनको निवास अगाडिको पार्किङ्गमा नअटाएर गाडी बीरेन्द्र क्याम्पसको डिग्री भवनको अगाडिको सडकमासमेत राखिएका छन् ।

मौन अवधि चलिरहेकै बेला रेनु निवास विभिन्न मन्त्री तथा विभिन्न सरकारी अधिकारीहरुसमेत पुगेका छन् । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला बालबालिका मन्त्री उमा रेग्मी, प्रदेश मन्त्री घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, कृष्ण खनाल, बलराम पौडेल भरतपुरमा छन् । मन्त्रीहरुले कांग्रेसका असन्तुष्ट बनेका ब्यक्तिहरुलाई फकाउने, गठवन्धनका पक्षमा मत हाल्न दवाव दिनेजस्ता कामहरू गरिरहेको कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल पक्षका एक नेता कृष्ण रेग्मीले बताए ।

उम्मेदवारका निवासमा मौन अवधिका दिन नीजि र सरकारी गाडीको लावालस्कर देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भरतपुरमा सत्ता गठवन्धनले माओवादीलाई मेयरमा सर्मथन गरेको विरोधमा असन्तुष्ट पक्षले बागी उम्मेदवारी दिएको छ । भरतपुरमा एक जना उम्मेदवारलाई जिताउन राज्यशक्तिको चरम दुरुपयोग गरेको भनेर आलोचना हुँदै आएको छ । बागी उम्मेदवारी फिर्ता गराउन राज्यसंयन्त्रको दुरुपयोग गरिएको थियो ।

प्रचारप्रसारको अवधिमा पनि मन्त्रीहरुले नै आचारसंहित उल्लंघन गर्दै गठबन्धनका उम्मेदवारलाई भोट माग्दै हिडेका थिए ।

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - २०:५५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology