Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मनाङको दुर्गम नार्पाभूमीमा दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

मनाङको दुर्गम नार्पाभूमीमा दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

images

इच्छाकामना न्युज

२८, बैशाख २०७९
मनाङको दुर्गम नार्पाभूमीमा दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी
images

लमजुङ, २८ वैशाख । मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।

सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् ।

मनाङका चार वटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सय बढी कर्मचारी र ७ सय बढी सुरक्षाकर्मी खटीएका छन् ।

निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ । मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ । मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन । जसमा महिला ३ हजार ३ सय ४८ र पुरुष ३ हजार १ सय ४८ छन् ।

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - २०:४०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology