Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मौलाकालिका अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको स्वीकार, उपचारमा संलग्नलाई कारबाही गरिने

मौलाकालिका अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको स्वीकार, उपचारमा संलग्नलाई कारबाही गरिने

images

इच्छाकामना न्युज

२८, बैशाख २०७९
मौलाकालिका अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको स्वीकार, उपचारमा संलग्नलाई कारबाही गरिने
images

चितवन, २८ वैशाख । भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ । भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै कारबाही गर्ने सहमती भएको हो ।

गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो । मौलाकालिका अस्पतालले उपचारमा लापरबाही गरेर मृत्यु भइसकेपछि कुरुवालाई थाहै नदिई भरतपुर अस्पताल पु¥याएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए ।

मृतकका आफन्त र अस्पताल प्रशासनका बीचमा भएको वार्तामा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ । उपचारमा संलग्न डाक्टरको समूहलाई अस्पताल प्रशासनले तुरुन्त कारबाही गरी सार्वजनिक गर्ने सहमति भएको मृतकका भाई प्रजापति तिवारीले बताए । कारबाही प्रचलित कानुनअनुसार गर्ने सहमति भएको उनले बताए । तिवारीले मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन अस्पताल सहमत भएको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक डाक्टर केशवराज भुर्तेल, चिकित्सकहरु र मृतकका परिवारले हस्ताक्षर गरेको सहमति पत्रमा बिरामीको मृत्युपछि परिस्थिति खराब हुन्छ भनेर परिवारसँग सल्लाह नै नगरी सरकारी अस्पताल लैजानु आफ्नो कमजोरी भएको अस्पतालले स्वीकार गरेको छ । सहमति पत्रमा बायाँ खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नको लागि उपचारको क्रममा आएका तिवारीलाई अपरेशन कक्षमा लठ्याउने क्रममा अस्पतालबाट अपनाउनुपर्ने सबै सुरक्षाका उपायहरु नअपनाएका कारण बिरामीको मृत्यु भएको उल्लेख गरिएको छ ।

 

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - ०९:५८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology