विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी परास्त गर्न चीनको रणनीति दिगो नभएको बताएको छ । कोभिडको महामारी सुरु भएदेखि अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुखको यस्तो भनाई आएको हो ।
चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीव्र वृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ ।