Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह 

मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह 

images

इच्छाकामना न्युज

२८, बैशाख २०७९
मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह 
images

सुसिला श्रेष्ठ, काठमाडौँ, २८ वैशाख । मौन अवधिमा मतदाता प्रभावित पार्न हुनसक्ने सबै प्रकारका चलखेल रोक्न सबै संयन्त्र सक्रिय रहेको निर्वाचन आयोगले जनाएको छ । दलका उम्मेदवारहरू मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ ।

मौन अवधिमा उम्मेदवारले भोट माग्न, घरदैलो कार्यक्रम गर्न, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । मौन अवधि उम्मेदवार तथा दलहरूलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ ।

यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ । यस्ता गतिविधि हुन नदिन आयोगले यस पटक विषेश सर्तकता अपनाएको बताएको छ । जसका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्लामा अनुगमन संयन्त्र गठन गरिएको आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले बताउनुभयो ।

मौन अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दबाब वा प्रभावमा पारी मतदातालाई आतङ्कित पार्ने, जस्ता कार्य नगर्न नगराउन गृह मन्त्रालयले समेत आग्रह गरेको छ । मौन अवधिमा हुने गतिविधिलाई गृहले निरिक्षण गरिरहने र कहिँ कतै निर्वाचन आचारसंहिता विपरित गतिविधि भए तुरुन्तै कारवाही गरिने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।

पछिल्लो समय प्रचार प्रसारको माध्यमसमेत बन्दै आएको सामाजिक सञ्जाललाई पनि आयोगले यसपटक निगरानीमा राखेको छ । आयोग अन्तर्गतको मिडिया अनुगमन एकाइले सामाजिक सञ्जालमा मौनअवधि उल्लङ्घन भए–नभएको अनुगमन गर्नेछ र उल्लङ्घन भएको पाईए कारवाही पनि हुनेछ । 

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - ०९:१७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology