Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पर्सि हुने स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु 

पर्सि हुने स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु 

images

इच्छाकामना न्युज

२८, बैशाख २०७९
पर्सि हुने स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु 
images

चितवन, २८ वैशाख । पर्सि हुने स्थानीय तहको निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधी सुरु भएको    छ । यो समयमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउँदैनन् । मौन अवधिमा उम्मेदवारहरूले मत माग्ने, आफ्नो चुनावी अभियान गर्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने, मतदातासँग भेटघाट गर्नेलगायत कार्य गर्न मिल्दैन ।

मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुनसक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना सङ्कलकका रुपमा सयभन्दा बढी स्थानमा सुक्ष्म अनुगमनकर्ता खटाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

गृहमन्त्रालय लगायतका सरोकारवाला निकायले भने मौन अवधिको अनुगमन र निगरानी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भइरहेको बताएका छन् । मौन अवधिमा आचारसंहिता विपरितका गतिविधि हुने र मतदाता प्रभावित हुने गरेको विगतको निर्वाचनमा देखिएको भन्दै विज्ञहरूले भने निर्वाचन आयोग र सुरक्षा निकाय चनाखो हुनुपर्ने बताएका छन् ।

आयोगले मतदानको दिनसम्म संयमित हुन आम मतदाता तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोट हाल्ने उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका सबैलाई आफ्नो अधिकार ढुक्क भएर प्रयोग गर्न अपील गर्नुभयो ।

देशभरका मतदान केन्द्रबाट नयाँ मतदाताको लागि आज र भोलि मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम पनि चलाइँदैछ । यसपालिको चुनावमा ६५ दल सहभागि छन् भने चुनावकै लागि १ लाख ९ हजार ८८ कर्मचारी खटिने पनि आयोगले जनाएको छ । 

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - ०९:१४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology