Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत आँबुखैरेनी–दमौली सडक खण्डको निर्माण ठेक्का चिनियाँ कम्पनीलाई

मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत आँबुखैरेनी–दमौली सडक खण्डको निर्माण ठेक्का चिनियाँ कम्पनीलाई

images

इच्छाकामना न्युज

२२, मंसिर २०७७
मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत आँबुखैरेनी–दमौली सडक खण्डको निर्माण ठेक्का चिनियाँ कम्पनीलाई
images

काठमाडौं, २२ मंसिर  । मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । आँबुखैरेनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो । ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय (एडीबी)ले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकासित गरिसकेको छ । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।

दमौली-पोखरा खण्डको ठेक्का समझौता गर्न छनोट भएको कम्पनीको विवरण एसियाली विकास बैंक (एडीबी)मा पठाइएपनि अझै ‘नो अब्जेक्सन’ प्राप्त नभएको आयोजनाले जनाएको छ । मुग्लिन आँबुखैरेनी खण्डको भने अहिले पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेको काम चलिरहेको छ ।

यो आयोजना अन्तरगत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण दिएको छ । करिब ८० किलोमिटरको यो सडकलाई तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ । यो टेन्डरबाट छानिने कम्पनीले सडकसीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ । यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

 

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - १९:०३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology