Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भरतपुरको मौलाकालिका अस्पतालको चरम लापरबाही, खुट्टाको रड निकाल्दा बिरामीको मृत्यु

भरतपुरको मौलाकालिका अस्पतालको चरम लापरबाही, खुट्टाको रड निकाल्दा बिरामीको मृत्यु

images

इच्छाकामना न्युज

२७, बैशाख २०७९
भरतपुरको मौलाकालिका अस्पतालको चरम लापरबाही, खुट्टाको रड निकाल्दा बिरामीको मृत्यु
images

चितवन, २७ वैशाख । भरतपुरको मौलाकालिका अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । खुट्टाको रड निकाल्न आएका माडी नगरपालिका वडा नम्बर ५ का रामप्रसाद तिवारीको आज दिउँसो मृत्यु भएको हो । सामान्य उपचारका लागि आएका तिवारीको मृत्युभएपछि परिवारले अस्पताल घेराउ गरेको छ । ५२ वर्षीय मृतक तिवारी बगौंडा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षसमेत रहेका छन् ।

अस्पतलाको चरम लापरबाहीले गर्दा बिरामीको मृत्युभएको मृतकका भाई प्रजापति तिवारीले आरोप लगाए । उनले भने, ‘जंगलमा लागेका आगो निभाउने क्रममा दाई घाइते हुनुभएको थियो । गत चैतमा यही अस्पतालमा ५ दिन राखेर खुट्टामा रड हालेर लिएर गएको हो । आज त्यो रड निकाल्न आउदा उहाँको मृत्यु भयो ।’ मृतक तिवारीको आफ्नै छोरी सात वर्षदेखि सो अस्पतालको नर्सको काम गर्दै आइरहेकी छन् । उनीलाई पनि केही थाहा नभएको परिवारका सदस्यको भनाइ छ ।

मृतकको कुरुवा बसेका ज्वाइ दिल्लीराम आचार्यले अस्पताल जोगिनका लागि परिवारलाई जानकारी नदिइ भरतपुर अस्पताल रिफर गरेको बताए । उनले भने, ‘म उहाँको कुरुवा बसेको थिए । अपरेसन थेटरमा उहाँलाई लगियो । एकछिन पछि डक्टरहरु हस्याङ्फस्याङ गर्न थाले । मलाई केही जानकारी भएन । एकै चोटी हामीलाई प्राइभेट गाडीमा भरतपुर अस्पताल लगियो । हाम्रो बिरामी त्यहाँ लगेको हामीलाई थाहानै थिएन । अस्पतालले मृत घोषणा गरिदियो ।’

मौलाकालिकाले अप्रेसन गर्ने टिम सानो भएकोले भरतपुर अस्पताल रिफर गरेको बताएको आचार्यको भनाइ छ । साथै बिरामीको रिपोर्ट अस्पतालले लुकाएको बताए । नसक्ने भएपछि अस्पतालले कसैको ज्यान जोखिममा राखेर काम गर्न नहुने उनको भनाइ छ । न्याय नपाएसम्म तिवारी परिवार कतै टसमस नहुने उनले बताए ।
यता भरतपुर अस्पतालका सुचना अधिकारी डा. गोपाल पौडेलले भने अस्पताल ल्याउनुपूर्वनै तिवारीको मृत्यु भइसकेको नारायणी अनलाइनलाई जानकारी दिएका छन् । ‘बिरामीको जिउको रक्षा गर्नका लागि भरतपुर रिफर गरिएको थियो तर, बिरामी मृत अवस्थामा थिए,’ उनको भनाइ छ ।

मृतक तिवारीको उपचार डा. विश्वराज अधिकारीले गरेका थिए । मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले भने अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘रड निकाल्ने क्रममा रक्त नलीमा बोसो पस्दा, त्यसले फोक्सोमा हुने रक्तसञ्चारलाई बन्द हुन गयो र अथक प्रयास गर्दा पनि हामीले उहाँलाई बचाउन सकेनौं,’ उनले भने । बिरामीलाई बचाउने प्रयासमा परिवारलाई छिटो जानकारी दिन नसकेको अधिकारीले बताएका छन् ।

 

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २१:२७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology