Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरका मतदाता प्रभावित पार्न निस्सा बाँड्दै हिड्ने खड्का र तिमिल्सिनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

भरतपुरका मतदाता प्रभावित पार्न निस्सा बाँड्दै हिड्ने खड्का र तिमिल्सिनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

इच्छाकामना न्युज

२७, बैशाख २०७९
भरतपुरका मतदाता प्रभावित पार्न निस्सा बाँड्दै हिड्ने खड्का र तिमिल्सिनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

चितवन,२७ बैशाख । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्लाका अध्यक्ष बद्री तिमिल्सिनालाई स्पष्टीकरण सोधेको छ । आयोगले खड्का र तिमिल्सिनालाई पत्र प्राप्त भएको तीन दिनभित्र जवाफ पेश गर्न भनेको छ । आयोगले तिमिल्सिना र खड्कालाई स्थानीय तह निर्वाचनको सम्मुखमा भरतपुरका मतदातालाई भूमिको निस्सा बाँडेको हो, होइन ? भूमिको निस्सा बाँड्दा निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन ? भन्ने प्रश्नको स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ ।

images

२३ वैशाखमा तिमिल्सिना र खड्काले निर्वाचन आचारसंहिता विपरीत चितवनको भरतपुर–११ गणेस्थानमा भूमिको निस्सा बाँडेका थिए । आयोगले राष्ट्रिय भूमि आयोगलाई मातहतबाट हुने भूमिको निस्सा वितरणसम्बन्धी सम्पूर्ण कार्य निर्वाचन आचारसंहिता लागू रहने अवधिसम्म स्थगित गर्न पनि अनुरोध गरेको छ ।

 

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०८:१२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology