Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजाली सहित सिसिटिभी जडानको तयारी

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजाली सहित सिसिटिभी जडानको तयारी

इच्छाकामना न्युज

२४, बैशाख २०७९
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजाली सहित सिसिटिभी जडानको तयारी

भरतपुर, २४ बैशाख । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजाली सहित सिसिटिभी जडानको तयारी गरिएको छ।

images

अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्रै च्यातिएपछि यस वर्ष मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडान गर्न लागिएको हो ।

वैशाख ३० गते हुने मतदानपछि मतगणना भरतपुर– १० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ब्लक ‘सी’ मा हुँदै छ। कार्यालयले ‘ए’ र ‘बी’ ब्लकलाई सिलबन्दी गरेर ‘सी’ ब्लकमा गणना गर्न लागेको छ।

मतपत्रको सुरक्षा र मतगणनालाई निष्पक्ष बनाउन हामी संवेदनशील तरिकाबाट लागेका छौं,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौड्यालले भने, ‘मतगणनास्थलमा सिसिटिभी जडानको काम भइरहेको छ।’ उनका अनुसार, मतगणनास्थलमा ८ वटा सिसिटिभी जडान हुँदै छन्।

बढीमा सात ठाउँबाट गणना गर्ने गरी काम अगाडि बढेको उनले बताए। सुरुवाती चरणमा एक ठाउँबाटै मतगणना गर्ने र पछि विस्तार गरिने उनको भनाइ छ। ‘सी’ र ‘बी’ ब्लकको बीच भागमा मतपेटिका राख्ने व्यवस्था गरिएको उनले बताए।

मतगणनास्थलमा निर्वाचन अयोगले पनि सिसिटिभी जडान गर्न पत्रचार गरेको छ। आयोगको निर्देशनअनुसार, चितवनका सातवटै स्थानीय तहमा आयोगले हेर्न मिल्ने गरी सिसिटिभी जडान हुँदै छ ।

पहिले वडा नम्बर १९ मा मतगणना हुँदै गर्दा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यस्तै जेठ १४ गते मध्यरातमा भएको घटनापछि सो वडामा पुनः मतदान भएको थियो।

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - १९:३५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology