आँबुखैरेनी, १६ वैशाख । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडाध्यक्ष र सदस्य पदमा उम्मेद्वारी दर्ता गरेका ५ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। उम्मेद्वारी फिर्ता गर्न चाहनेहरुले फिर्ता गर्न पाउने अन्तिम दिन आज उनीहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।
उम्मेद्वारी फिर्ता लिनेहरुमा स्वतन्त्रबाट उम्मेद्वारी दिएका वडा नं. १ वडाध्यक्ष उम्मेद्वार कर्ण बहादुर गुरुङ, वडा नं. २ वडाध्यक्ष उम्मेद्वार लक्ष्मण थापा क्षेत्री र चन्द्र बहादुर गुरुङ, नकपा एकिकृत समाजवादी पार्टीबाट उम्मेद्वारी दिएका वडा नं. ३ का वडाध्यक्ष उम्मेद्वार चित्र बहादुर के.सी., स्वतन्त्रबाट उम्मेद्वारी दिएका वडा नं. २ का वडासदस्य निर बहादुर भुजेलले उम्मेद्वारी फिर्ता लिएको गाउँपालिकाका निर्वाचन अधिकृत चिरञ्जीवी पौडेले बताए