Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भिरबाट खसेको ढुङ्गाले लागेर गोरखा लाप्राकका जित बहादुरको मृत्यु

भिरबाट खसेको ढुङ्गाले लागेर गोरखा लाप्राकका जित बहादुरको मृत्यु

इच्छाकामना न्युज

१५, बैशाख २०७९
भिरबाट खसेको ढुङ्गाले लागेर गोरखा लाप्राकका जित बहादुरको मृत्यु

गोरखा, १५ वैशाख। गोरखामा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको मृत्यु भएको छ ।

images

धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा झोलुङ्गे पुलको ग्याभिन जाली भर्ने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा नम्बर ४ लाप्राकका ३५ वर्षिय जीतबहादुर गुरुङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटना पछि टाउकोमा गम्भिर चोट लागेका गुरुङलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको डिएसपी लिलिराज लामिछाने बताउनु भयो ।

उपचारको क्रममा हिजो बेलुका ८ बजे  गुरुङको मृत्यु भएको डिएसपी लामिछाने जानकारी दिनु भयो ।

 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २०:३७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology