Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा पहिलो पटक मंगोल नेशनल अर्गनाईजेशनले दियो उम्मेद्वारी

आँबुखैरेनीमा पहिलो पटक मंगोल नेशनल अर्गनाईजेशनले दियो उम्मेद्वारी

अध्यक्ष, उपाध्यक्ष सहित सबै वडामा उम्मेद्वारी दर्ता

images

इच्छाकामना न्युज

१२, बैशाख २०७९
आँबुखैरेनीमा पहिलो पटक मंगोल नेशनल अर्गनाईजेशनले दियो उम्मेद्वारी
images

आँबुखैरेनी, १२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्ने अन्तिम दिन आज तनहुँको आँबुखैरेनीमा पनि पहिलो पटक मंगोल नेशनल अर्गनाईजेशनका उम्मेद्वारहरुले उम्मेद्वारी दिएका छन्। अर्गनाईजेशनको तर्फबाट अध्यक्ष, उपाध्यक्ष सहित सबै वडाहरुमा उम्मेद्वारी परेको छ।

अर्गनाईजेशनले दिएको जानकारी अनुसार अध्यक्षमा काजी कुमार गुरुङ र उपाध्यक्षमा सोममाया खवास मगरले उम्मेद्वारी दर्ता गरेका छन्।

यस्तै वडा नं. १ को वडाध्यक्षमा भक्त बहादुर राना मगर, वडा नं. २ को वडाध्यक्षमा चिज कुमार गुरुङ, खुल्ला सदस्यमा प्रताप परियार र काशीराम गुरुङ, महिला सदस्यमा माया गुरुङ, दलित महिला सदस्यमा गोमा वि.क., वडा नं. ३ को वडाध्यक्षमा यम बहादुर गुरुङ, खुल्ला सदस्यमा इश्वर थापा, महिला सदस्यमा गौरीमाया मगर, दलित महिला सदस्यमा मिना वि.क., वडा नं. ४ को वडाध्यक्षमा तुल बहादुर गुरुङ, खुल्ला सदस्यमा खड्ग बहादुर खवास र कुल बहादुर गुरुङ, महिला सदस्यमा सेतीमाया गुरुङ, दलित महिला सदस्यमा संसरा कामी वडा नं. ५ को वडाध्यक्षमा राजमाया गुरुङ र वडा नं. ६ को वडाध्यक्षमा टक बहादुर गुरुङ सदस्यमा यम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ, महिला सदस्यमा मिनकुमारी भुजेल, दलित महिला सदस्यमा राममाया परियारले मनोनयन दर्ता गरेको छ। 

 

 

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २१:११:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology