Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

कालिकोटका विद्यार्थीहरु खुल्ला मैदानमा बस्नु पर्ने बाध्यता 

कालिकोटका विद्यार्थीहरु खुल्ला मैदानमा बस्नु पर्ने बाध्यता 

इच्छाकामना न्युज

२२, मंसिर २०७७
कालिकोटका विद्यार्थीहरु खुल्ला मैदानमा बस्नु पर्ने बाध्यता 

हस्त चौलागाँई । कालिकोट, २२ मंसिर । लकडाउनका समयमा प्राय जसो विद्यालयहरुमा क्वारेन्टाईन निर्माण गरिए। क्वारेन्टाइन निर्माण पछि  विद्यालयमा भएका भौतिक पुर्वाधारमा क्षति हुनुका साथै विद्यालयका सामग्रीहरुपनी नष्ट भए। क्वारेन्टाइन पछी विद्यालयलाई स्थानीय सरकारले आइशोलेसन केन्द्रको रुपमा पनि रुपमा स्थापना गरे। क्वारेन्टाईन र आइशोलेसन बनाइएका विद्यालयहरुमा अहिले विद्यार्थीहरु पढ्न जान मान्दैनन्। 
कालिकोटका अधिंकास विद्यालयहरु अहिले महामारीका कारण सुनसान छन्। कतिपय विद्यालयहरुमा पढाई सुरु गरिएको छ। तर  विद्यार्थीहरुलाई बस्नका लागि डेक्स बेन्च छैनन्।  सान्नीत्रिवेणी गाउँपालिका १ का विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य  छन्। विद्यालयको कक्षाकोठा भित्र आवश्यक मात्रमा बेन्च, डेक्सको व्यवस्था नभएपछी विद्यार्थीीहरु खुल्ला चौरमा बसेर पढ्न  बाध्य भएका हुन्। 
सान्नीत्रिवेणी गाउँपालिका  १ सेरीज्युलामा रहेको शंकर माध्यमिक विद्यालयमा बाल कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्छन्। कोरोना भाइरस हुनुभन्दा अगाडी विद्यालयमा कार्पेटको व्यवस्था थियो तर लकडाउन पछी विद्यालय संचालनमा आउँदा खुल्ला चौरको धुलोमा बसेर पढ्न बाध्य भएका शिक्षक खेमराज गिरिले बताउनुभयो । उहाँका अनुसार पहिले कार्पेट विछ्याएको भएपनी विद्यालयलाई आइशोलेसन बनाएपछी अहिले सम्म पनी विद्यार्थिहरुले कार्पेट नपाएको गुनासो छ। 
विद्यार्थीहरुको पढाई सहजताका लागि गाउँपालिकामा निवेदन दिएको भएपनी गाउँपालिकाले कुनै वास्ता नगरेको शिक्षक गिरीले बताउनुभयो । विद्यालयलाई आइशोलेसन बनाएपछी विद्यालयमा भएका सामग्रीहरु पनी हराएका छन्, तर गाउँपालिकाले अर्को व्यवस्था नगरेको शिक्षकहरुले बताएका छन् । 

images

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - १७:५७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology