Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागू औषध सहित २१ वर्षीय युवक पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागू औषध सहित २१ वर्षीय युवक पक्राउ

images

इच्छाकामना न्युज

१२, बैशाख २०७९
आँबुखैरेनीको बेनिटारबाट अवैध लागू औषध सहित २१ वर्षीय युवक पक्राउ
images

आँबुखैरेनी, १२ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मुग्लिन पुलजिपबाट खटिएको प्रहरी चेकजांचको क्रममा अवैध लागू औषध सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तिनाउ नगरपालिका ११ रुपन्देहीका २१ वर्षीय सागर कुँवर क्षत्री रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको साथबाट डाईजेपामको शिशी १५० एम्पुल फेनरागनको शिशी १५० एम्पुल र ब्रोनोरफोनको शिशी १५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागू औषध बरामद गरेको छ। 

उनलाई सुनौलीबाट पोखरातर्फ आउदै गरेको बसमा पुलजिपमा चेकजाँच गर्ने क्रममा कुवंरले बोकी ल्याएको झोला भित्र लागु औषध भेटिएकोले पक्राउ गरी थप अनुसन्धान कार्य भईरेहेको पनि प्रहरीले जानकारी दिएको छ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - १९:४२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology