Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई र पञ्जाब बीच खेल हुने

आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई र पञ्जाब बीच खेल हुने

images

एजेन्सी

१२, बैशाख २०७९
आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई र पञ्जाब बीच खेल हुने
images

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ । आज हुने एक मात्र खेलमा पञ्जाब किङ्ग्स र चेन्नई सुपरकिङ्ग्स बीच प्रतिस्पर्धा हुनेछ । पुछारबाट दोस्रो र तेस्रो स्थानमा रहेको यी दुई टोलीबीचको खेल मुम्बईस्थित वान्खेडे स्टेडियममा साँझ ७ ः ४५ मा सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सले लगातार आठौं पटक हार व्यहोरेको छ । गयराति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । जारी सिजनमामुम्बईले एक खेलमा पनि जित निकाल्न सकेको छैन भने लखनउको यो पाँचौ जित हो । 

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०९:५१:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology